बाँकेमा १९७* कैदीबन्दीद्वारा मतदान

नेपालगन्ज : प्रतिनिधिसभा सदस्यका लागि बाँकेका दुई वटा कारागारमा गरी १९७* जना कैदीबन्दीले मतदान गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार नेपालगन्ज कारागारमा १५१ कैदी बन्दी र ७ जना कर्मचारीका साथै र नौबस्ता कारागारका ४६ जना कैदी बन्दी र ८ जना कर्मचारीले मतदान गरेका हुन् ।
निर्वाचन अधिकारी शाहीका अनुसार साढे ४ बजेसम्म जिल्लामा झन्डै ६० प्रतिशत मतदान भएको छ । जिल्लामा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् । * सच्चाइएको