बाँकेमा अस्थायी मतदाताद्वारा ४.३९ प्रतिशत मतदान !

नेपालगन्ज : प्रतिनिधिसभा सदस्यको निर्वाचन २०८२ मा बाँकेमा अस्थायी मतदाताले तोकिएको मतदान केन्द्रबाट ४.३९ प्रतिशत मात्र मतदान गरेका छन् ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लामा रहेका २ हजार ८८८ मतदाताका लागि जिल्ला पशु सेवा कार्यालय नेपालगन्जमा अस्थायी मतदाता केन्द्र स्थापना गरिएको थियो । जहाँबाट १२७ जनाले मात्र मतदान गरेका छन् । अरु मतदाताले कहाँ मतदान गरे त ? मेरोखुसीको जिज्ञामा निर्र्वाचन अधिकारी शाहीले भने विभिन्न स्थानमा खटिएका अस्थायी मतदाताले सोही स्थानबाटै मतदानको अवसर पाएका हुन् ।