बाँके-२ मा ६७ प्रतिशत मतदान
नेपालगन्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेको क्षेत्र नं. २ मा सबैभन्दा धेरै मत ६७ प्रतिशत खसेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जीसीका अनुसार बाँके २ मा ७२ हजार ५ सय ७३ मत खसेको हो । जहाँ १ लाख ८ हजार २ सय ९० मतदाता रहेका छन् ।
क्षेत्र नं. ३ मा ६३.५३ प्रतिशत मत खसेको छ । जहाँ १ लाख १७ हजार ३ सय ५४ मतदाता रहेकोमा ७४ हजार ५ सय ५८ मत खसेको छ । बाँके क्षेत्र नं. १ मा सबैभन्दा धेरै मतदाता १ लाख २४ हजार ७ सय २७ मतदाता रहेकोमा ७५ हजार १ सय ९७ मत खसेको छ । जुन कूल मतदाताको ६०.२८ प्रतिशत हो ।
प्रहरी प्रमुख जिसीका अनुसार जिल्लामा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेकोमा तीन वटै निर्वाचन क्षेत्रबाट गरी २ लाख २२ हजार ३ सय २८ मत खसेको हो । जिल्लामा ६३.४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न गरेकोमा सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।
.





