बाँके-१ : रास्वपाका चौधरी २६५७ मतले अग्रता
नेपालगन्ज : प्रतिनिधिसभा सदस्य निर्वाचन बाँके क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलभन्दा २ हजार ६ सय ५७ मतले अग्रता लिएका छन् ।
बाँके १ मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार ७ हजार १ सय २० मत गणना हुँदा रास्वपाका चौधरीले ४ हजार ९३ मत ल्याएका छन् । उनलाई कांग्रेसका गौडेलले १ हजार ४ सय ३६ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका सूर्यप्रसाद ढकालले ६ सय ४८, नेकपाका नरेन्द्रप्रसाद पाण्डेले ३२९ मत, राप्रपाका प्रदीपकुमार शाहले २०७ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले २० मत ल्याएकी छन् । यो मत गणनामा २७१ मत बदर भएको छ ।





