बाँके-१ मा रास्वपाको दोब्बर बढी, बाँके-२ मा एमालेको १ हजार बढी र बाँके-३ मा रास्वपाको झन्डै ३ हजार मतान्तर
नेपालगन्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेको क्षेत्र नं. १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।
बाँके १ का मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार १२ हजार ९६२ मत गणना हुँदा रास्वपाका सुरेशकुमार चौधरी दोब्बर बढी मतले अग्रता लिएका छन् । चौधरीले ६ हजार ८ सय ९९ मत ल्याएर अग्र स्थानमा छन् । उनलाई नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले २ हजार ४ सय ९६ मतले पछ्याइरहेका छन् । यी दुईबीच ४ हजार ४ सय ३ मतको अन्तर छ । एमालेका सूर्यप्रसाद ढकालले एक हजार ६ सय ९७ मत ल्याएका छन् ।
बाँके क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार एमालेका मोहम्मद इस्तियाक राईले ५ हजार २ सय ४४ मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका सुधांशु कोइराला ४ हजार १ सय ६१ मतले पछ्याइरहेका छन् । यी दुईबीच एक हजार ८३ मतको अन्तर छ । रास्वपाका विवेककुमार श्रेष्ठले २ हजार ५ सय ९२ मत ल्याएका छन् । डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका रहेको क्षेत्र नं. २ मा डुडुवाका ५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।
बाँके क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार बैजनाथ गाउँपालिकाका १ देखि ३ नं. वडाको मत गणना सम्पन्न हुँदा रास्वपाका खगेन्द्र सुनार ५ हजार २ सय ९७ मत ल्याएर अग्र स्थानमा छन् । एमालेका सुमन मल्ल २ हजार ३ सय ४५ मत ल्याएर पछ्याइरहेका छन् । यी दुईबीच २ हजार ९ सय ५२ को अन्तर छ । कांग्रेसका अमरसिंह पुनले १ हजार ७ सय १४ मत ल्याएका छन् ।





