बर्दियाको दुबै क्षेत्रमा रास्वपाको अग्रता, १ मा एमाले र २ मा कांग्रेस पछ्याउँदै

सन्जय आचार्य । गुलरिया
प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाको दुई वटै निर्वाचनमा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
बर्दिया क्षेत्र नं. १ मा राति १०ः३५ बजेसम्म रास्वपाका ठाकुरसिंह थारुले ७ हजार ७५ ल्याएका छन् । दोस्रोमा एमाले शालिकराम अधिकारी १ हजार ६०७, तेस्रोमा नेपाली कम्युनिष्ट पार्टीका विष्णु थारु १ हजार ७८ र साबिक विजेता नेपाली काँग्रेसका संजय गौतम ८९२ मत ल्याएका छन् । अहिले बढैयाताल गाउँपालिकाबाट मत गणना भइरहेको छ । बर्दिया क्षेत्र नं. १ कुल मतदाता १ लाख ६८ हजार ३४ रहेकोमा १ लाख २ हजार ८३६ मत खसेको छ ।
त्यसैगरी
बर्दिया क्षेत्र नं. २ मा राति १०ः३० बजेसम्म गणना भएको मत १५ हजार ११८ मध्ये रास्वपाका श्रीधर पोखरेल ४ हजार २८७ मत ल्याएका छन् । उनलाई नेकाका किशोरसिंह राठोरले ४२७० ले पछ्याइरहेका छन् । यी दुईबीच १७ मतको मात्र अन्तर छ । तेस्रोमा नेकपाका सुरेश पन्थ ३ हजार २६० र चौथोमा एमाले विमला विक १ हजार २६७ रहेको छ । बर्दिया क्षेत्र नं. २ मा कुल मतदाता १ लाख ५५ हजार २३२ रहेकोमा ९४ हजार ३६३ मत खसेको छ ।