बेमौसमी झरीमा नेपालगन्जमा इद उल फित्रको नमाज (फोटो फिचर)
नेपालगन्ज : बेमौसमी झरीमा नेपालगन्जका मुस्लिम समुदायले इद उल फित्रको नमाज पाठ पढेका छन् ।
एक महिना लामो ब्रत (रोजा)पछि शनिबार बिहान नेपालगन्जमा परेको बेमौसमी झरीलाई बेवास्ता गर्दै कोही रुझ्दै त कोही ओत लाग्ने स्थान खोजेर नमाज पढिरहेको देखिन्थे ।
रुझ्दै इद उल फित्रको शुभकामना पनि साँटासाँट गरेका थिए । वीपी चोक क्षेत्रमा नेपालगन्ज उद्योग वाणिज्य संघ लगायतका सामाजिक संघसंस्थाले नमाज पढेर फर्केका मुस्लिम समुदायलाई सर्बत, पानी र खानेकुरा बाँडेका थिए ।











