होटल कल्पतरूले ११औं वार्षिकोत्सवमा नीलसागरका २४५ जना आश्रितलाई खुवायो भोजन
नेपालगन्ज : बाँकेको चार तारे होटल कल्पतरूले ११औं वार्षिकोत्सव मनाएको छ ।
नेपालगन्जको न्यूरोडमा रहेको होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार वार्षिकोत्सवको अवसरमा नेपालगन्ज-९ मा रहेको नीलसागर सेवाश्रम २४५ जना आश्रितहरुलाई साँझको भोजन खुवाएको होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले जानकारी दिनु भयो ।

यस पुण्य कार्यमा होटेल कल्पतरू प्रालिका सन्चालक तथा प्रबन्धक निर्देशक आकाश गुप्ता पनि सहभागी हुनहुन्थ्यो । प्रबन्ध निर्देशक गुप्ताले आगामी दिनमा पनि नीलसागरसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।
होटलका महाप्रबन्धक पन्थीका साथै कर्मचारीहरुको सहभागिता रहेको थियो । सन् २०१५ देखि सञ्चालनमा रहेको कल्पतरू ११औ वर्ष पूरा गरि १२औ वर्षमा प्रवेश गर्दैगर्दा होटेललाई पुरानो संरचना पूर्ण रुपमा मर्मत पनि सुरु गरेको छ ।











