२४ घण्टामा कोरोनाबाट बर्दियाका २ जना संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना महामारीबाट २४ घण्टामा बर्दियाका एक एक जना युवक र युवतीको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार शनिबार र आइतबार राति भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । आइतबार राति ९ बजे गुलरिया नगरपालिका ८ का २७ वर्षका पुरुषको र बढैयाताल गाउँपालिका ९ की ३६ वर्षीया महिलाको शनिबार राति ९ बजे मृत्यु भएको हो । दुबै जना मृतकले कोरोनाविरुद्धको खोपको एक एक वटा मात्रा लगाएका थिए । योसँगै बाँकेका अस्पतालमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४४८ संक्रमितको मृत्यु भएको छ ।