बाँके-बर्दियामा मतदानको उत्साह (फोटो फिचर)

बर्दियाबाट फर्केर नेपालगन्ज
बाँके र बर्दियामा स्थानीय तह निर्वाचनको मतदान उत्साहपूर्ण भएको छ ।
मेरो खुसी टिमले बर्दियाको ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका, बाँकेको खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा स्थलगत रुपमा समाचार र फोटो संकलनको क्रममा ३७ डिग्री तापक्रममा छाता ओढेर भए पनि मतदाता मतदानमा सरिक भएका थिए ।

जेष्ठ नागरिक भने लौरो टेकेर मतदान स्थल पुगेका थिए । बाँके र बर्दियामा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचनको समय तोकेको थियो ।