स्थानीय तह निर्वाचन-०७४ का १७ र ११ सांसद गरी बाँकेमा २८ उम्मेदवारले बुझाएनन् खर्च विवरण

नेपालगन्ज : बाँकेमा स्थानीय तह निर्वाचन २०७४ का १७ जना उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका सूूचना अधिकारी युवराज पन्तका अनुसार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैैनापुर गाउँपालिका, खजुरा गाउँपालिकाका नगर प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका दलका र स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्चको विवरण पेश नगरेका हुन् ।
त्यसैगरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका ११ जनाले पनि खर्च विवरण पेश गरेका छैनन् । सांंसदहरुमा भने अधिकांश दलका उम्मेदवार छन् । निर्वाचन सम्बन्धी कानुनमा निर्वाचन सकिएको ३० दिनभित्र अनिवार्य रुपमा निर्वाचन खर्च निर्वाचन कार्यालयमा बुझाउनुपर्ने र नबुझाउनेलाई कारबाही हुने यवस्था छ ।