नेपालगन्जमा वीरेन्द्रको शालिक राख्नेक्रममा यसरी भयो विवाद (भिडियो सहित)

नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा बिहीबार बिहान राखिएको राजा वीरेन्द्र शाहको शालिक प्रहरीले हटाएपछि धम्बोझी चोक दिनभरी तनावग्रस्त बन्यो ।
ठूलो संख्यामा रहेका राजावादी समर्थकहरुले धम्बोझीमा वीरेन्द्रको अर्धकदको शालिक राखेर संरक्षण गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले शालिक हटाएपछि सो क्रममा दुई पक्षबीच झडप हुँदा २ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीका सुरक्षाकर्मी र दर्जन बढी राजावादी सर्मथक घाइते भएका छन् । सो झडपमा प्रहरीले ३ जना राजावादी समर्थकलाई नियन्त्रणमा लिएको थियो भने स्थिति तनावग्रस्त हुँदा प्रहरीले केही राउण्ड हवाइ फायर गरेको थियो । आक्रोसित समूहले जनआन्दोलन(२ की सहिद सेतु विकको शालिक तोडफोड गरेको छ । शहिदको शालिक तोडफोडमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रको शालिक राख्ने क्रममा यसरी भएको थियो झडप (हेर्नुहोस भिडियो)।