शक्तिपीठ बागेश्वरीमा छठको रौनकता
नेपालगन्ज : पर्व छठको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । सर्वसाधारणले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । सोमबार बिहान उदाउँदो सूर्यलाई पूजाआराधनासहित अर्घ्य दिइ छठ सम्पन्न गरिन्छ । नेपालगन्जको शक्तिपीठ बागेश्वरी परिसरको पोखरी बत्ती तथा फूलमालाले दुलही झैँ सिँगारिएको छ ।
छठ पर्वमा सूर्यदेव र छठीमाताको पूजा गर्दै परिवारजनको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै यो पर्व धुमधामसँग मनाइन्छ ।
कार्तिक शुक्ल चतुर्थी (शुक्रबार) का दिन स्नान गरी चोखो खाएर व्रत शुरू गरेका व्रतालुहरूले पर्व समापन नभएसम्म माछा, मासु, लसुन, कोदो, फापर र मुसुरो लगायतका खाद्यवस्तु सेवन नगर्ने धार्मिक विधि छ।











