निशुको फोटो सर्वोत्कृष्ट, यस्ता छन् विजेता ७ फोटो

नेपालगन्ज : दोस्रो नेपालगन्ज फोटो फेस्टिवलमा पत्रकार निशु जोशीको फोटो सर्वोत्कृष्ट भएको छ ।
अन्तरालले आयोजना गरेको २ दिन फोटो फेस्टिवलको बुधबार सम्पन्न प्रतियोगितामा बर्दिया र कैलालीको बीचमा रहेको संकटीघाटमा स्टिमर चढ्न लाइनबद्ध रहेको जोशीको फोटोले सर्वोत्कृष्ट हुँदै नगद २५ हजार राशीको पुरस्कार जितेको हो ।

निशु जोशीको सर्वोत्कृष्ट फोटो

त्यसैगरी विधागत उत्कृष्टतर्फ समाचार फोटोमा पत्रकार रामु ओली, खेलकुदमा अर्का पत्रकार विक्रम बुढाथोकी, नेपाल स्माइल अमित रावल, वन्यजन्तु र प्रकृतिमा रोमिन चौधरी, दैनिक जनजीवनमा मैत्या घर्तीमगर र संस्कृति तथा पर्यटन विधामा बराम बुढाको फोटो उत्कृष्ट भएको हो । उत्कृृष्ट फोटोलाई जनही पाँच हजारको पुरस्कार रहेको थियो ।
फोटोे पत्रकार क्लबका अध्यक्ष विकास कार्की र स्नेहा केसी फोटो प्रतियोगिताको निर्णायक थिए । विजेतालाई नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, डा. कुमारसान शाह, डा.राहुल थापा, कांग्रेस युवा नेता सुधांशु कोइराला, राप्रपा नेता ऋषिराज देवकोटा, आर्शीर्वाद पेन्ट्सका किरण कार्कीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । त्यसैगरी अन्तरालले ०४५ सालदेखि फोटोग्राफी ल्याब स्थापना गरेर फोेटोको क्षेत्रमा योगदान गर्ने हिकोला ल्याब नेपालगन्जका सञ्चालक मधुसुधन रिजाललाई विशेष सम्मान गरेको थियो । अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले हरेक वर्ष फोटो फेस्टिवल आयोजना गरेर फोटो संकलन गरी फोटो बैंकमा संकलन गरिने बताए । उनले फोटो बैैंकमा जोसुकै व्यक्तिका फोटोहरु पनि संकलन गर्न सकिने भएकाले सहभागी हुन आव्हान गरे ।

उत्कृष्ट समाचार फोटो : रामु ओली
उत्कृष्ट खेलकुद फोटो : विक्रम बुढाथोकी
उत्कृष्ट दैनिक जनजीवन फोटो  : मैत्या घर्तीमगर
उत्कृष्ट वन्यजन्तु र प्रकृति फोटो : रोमिन चौधरी

 

 

संस्कृति तथा पर्यटन उत्कृष्ट फोटो : बराम बुढा
उत्कृष्ट नेपाल स्माइल फोटो  : अमित रावल