दोब्बर मूल्यमा माक्स बिक्री ! 

मेरो खुसी संवाददाता
रुपैडिया (भारत) : नेपालमा अभाव भएको माक्स शनिबार रुपैडियामा भने दोब्बर मूल्यमा बिक्री भइरहेको थियो ।
नेपालगन्जमा २५ रुपैयाँ पर्ने कपडाको माक्सलाई सीमावर्ती बजार रुपैडियामा केही युवाहरुले ५० रुपैयाँमा बिक्री गरिरहेका थिए । भारत सरकारले कोरोनाविरुद्धको जाँच गरिरहेकै स्थान वरपर केही युवाहरु माक्स बेचिरहेका थिए । त्यो माक्स नेपालगन्जबाट किनमेलका लागि रुपैडिया जानेहरु नै किनिरहेका थिए ।