अत्यावश्यक सामानका पसलवाहेक नेपालगन्ज बन्द गर्ने निर्णय

नेपालगन्ज उपमहानगरपालिको कार्यालयमा बसेको कोरोनाविरुद्धको जिल्ला स्तरीय टाक्स फोर्सको बैठक । फोटो मेरो खुसी

मेरो खुसी संवाददाता
नेपालगन्ज : अत्यावश्यक सामानका पसलवाहेक आइतबारदेखि नेपालगन्ज बजार बन्द गरिने भएको छ ।
कोरोनाविरुद्धको जिल्ला स्तरीय टाक्स फोर्सको शनिबार बसेको बैठकले दैनिक उपभोग्य बस्तु, मेडिकललगायतका अत्यावश्यक सामान खाद्यान्न, औषधी लगायत अत्यावश्यकबाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् ।
टास्क फोर्समा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा जिल्लाका ८ वटैै स्थानीय तह, स्वास्थ्य संस्थालगायतका सरोकारवालाहरु सदस्य छन् । आइतबारदेखि लायन्स डेन्टल अस्पतालमा ४० बेडको आइसोलेसन स्थापना गर्ने तयारी पनि भएको छ ।