संक्रमितको मृत्यु भएपछि क्वारेन्टाइनका ३८ को स्थानान्तरण

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट २५ वर्षका युवकको मृृत्यु भएपछि नरैनापुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका ३८ जनालाई स्थानान्तरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार आइतबार साँझ नै उनीहरुलाई जयकिसन माविकोे क्वारेन्टाइनमा स्थानान्तरण गरिएको हो ।
नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोईन खाँका अनुसार जय किसन माविमा यस अघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट स्थानान्तरण गरिएकाहरुलाई टेन्टमा राखिएको बताए । नरैनापुुरका १२ वटा क्वारेन्टाइनमा अझै पनि ७ सय ५९ जनालाई राखिएको खाँले जानकारी दिए ।