रौतहटमा ८ र बारामा १ सहित नेपालमा कोरोेना संक्रमित ३०४

नेपालगन्ज : रौतहटमा आठ र बारामा एक सहित सोमबार बिहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या तीन सय चार पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सोमबार बिहान ८ः४५ बजे प्रकाशित विज्ञप्ती अनुसार रौतहटको इशनाथ नगरपालिकामा सात जना र माधवनारायण नगरपालिकामा एक जनामा कोरोना पुष्टि गरेका हुन् । त्यसैगरी बाराको करैयामाइमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या तीन सय चार पुगेको छ । २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *