कैलालीकाे जानकीमा थप एक जनामा काेराेना पुष्टि

मानबहादुर ठकुल्ला, टीकापुर :

कैलालीको जानकी गाउँपालिकामा थप एक जनामा कोरोना भाइरस देखिएको छ । जानकी गाउँपालिका-१ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गत जेठ ६ गते स्वाब संकलन गरेर धनगढीस्थित पशुपन्क्षी अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा १६ जनाको स्वाब पठाइएकोमा ९ गते ३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार उनी जेठ ३ गते भारतबाट आएर सरस्वती मावी दुर्गौलीको क्वारेन्टाइनमा बसेका थिए । बाँकी अन्यको परिक्षण भइरहदा मंगलबार उनको रिपोर्ट पनि पोजिटिभ आएको हो । १२ जनाको रिपोर्ट आउन बाँकी छ ।