बर्दियाको पहिलो कोरोना संक्रमित राजापुरकी ११ बर्षीया बालिका निको भएर घर फर्किन्

नेपालगन्ज : बर्दिया जिल्लाको पहिलो कोरोना संक्रमित ११ वर्षीया बालिका बुधबार कोरोना निको भएर घर फर्केकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह भिडियो पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले १६ दिनमा बालिका डिस्चार्ज भएको जानकारी गराएका हुनु । उनको लगातार दुई वटा कोरोना रिपोर्ट नेगेटिभ आएकोह हो । २९ वैशाखमा उनलाई कोरोना पुष्टि भएको थियो । उनलाई बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालमा उपचारार्थ भर्ना भएकी थिइन् । अस्पतालमा उपचार गराइरहेका नेपालगन्जका दुई जना पनि बुधबार नै डिस्चार्ज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *