भेरी नदीमा हराएकाको खोजीमा शसस्त्र प्रहरी (फोटो फिचर)

भेरी नदीमा हराएको युवाको खोजी गर्दै सशस्त्र प्रहरी बलको टोली । फोटो सौजन्य : सशस्त्र प्रहरी बल

नेपालगन्ज : भेरी नदीमा हराएका भनिएका युवाको खोजीमा लागि गोताखोरसहित सशस्त्र प्रहरी बलका १५ जनाको टोली खटेको छ ।
सशस्त्र प्रहरी बल मुख्यालय हल्चोक काठमाडौंका अनुसार सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डीएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नं. ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापान तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको छ ।