राजापुरका तीनजनामा कोरोना संक्रमण

राजापुर, बर्दिया : बर्दियाको राजापुर नगरपालिकाका तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार गरेको नियमित पत्रकार सम्मेलनमा भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा तिनजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमितहरु राजापुर नगरपालिका वडा नम्वर ६ महुवाका २९ बर्षिय पुरुष, वडा नम्वर ७ शंकरपुरका ३४ बर्षिय पुरुष र वडा नम्बर ९ बनियापुरका ३० बर्षिय पुरुष रहेको बताईएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका ४ स्थित अमर सहिद दसरथ चन्द उमाविको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाव परिक्षण भएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो भने बाँकी ६२ जनाको नेगेटिभ आएको छ । उनीहरु सबै भारतका विभिन्न स्थानबाट आई क्वारेन्टिनमा बसेको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्ण गोपाल चौधरीले बताए । ‘नयाँ संक्रमण पुष्टि भएका तिनैजना भारतको महाराष्ट, उत्तराखण्ड र दिल्लीबाट आएर अमर शहिद दसरथ चन्द उमाविको क्वारेन्टिनमा बसेका थिए’ उनले भने। संक्रमित तिनैजनालाई राजापुरमा बनाईएको आईसोलेसनमा राखीएको राजापुर नगरपालिकाले जनाएको छ ।