टीकापुर मालपोतको राजश्व घट्यो
मानबहादुर ठकुल्ला : टीकापुर मालपोत कार्यालयले आर्थिक बर्ष २०७६/०७७ मा १६ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । गत बर्ष २२ करोडको हाराहारीमा राजश्व संकलन भए पनि यो बर्ष लकडाउनको कारणले राजश्व संकलनमा कमि आएको कार्यालयले जनाएको छ । यसबर्ष पुँजिगत लाभकर बाट ४ करोड ५१ लाख ४४ हजार ३ सय ९३, घरजग्गा रजिष्ट्रेशन दस्तुर बापत १२ करोड ८५ लाख ५ हजार ७ सय ४२, रोक्का र प्रतिलिपी बाट ५ लाख १८ हजार मुद्दा फाँट बाट १६ लाख ८१ हजार ६ सय ८४ रुपैयाँ गरेर राजश्व संकलन भएको कार्यालय प्रमुख दलबहादुर चन्दले बताए ।
मालपोत कार्यालय बाट उठेको राजश्वको ६० प्रतिशत स्थानिय तह र ४० प्रतिशत रकम प्रदेश सरकारलाई जाने गरेको छ । मालपोत कार्यालय टिकापुरका मुद्दाफाँट का खरिदार प्रेमप्रकाश सिंहले १ हजार ३ सय ८ वटा मुद्दा आएकोमा सबै मुद्दाहरु फर्छौट भएको जानकारी दिए । बिगतका बर्षहरुमा जग्गाको मुल्यांकनमा वृद्धि हुने गरे पनि यो बर्ष कोरोना भाइरसको कारणले गर्दा केही सिमित ठाउँ बाहेक जग्गाको मुल्यांकन नबढाएको कार्यालय प्रमुख चन्दको भनाई छ । लम्कीचुहा नगरपालिका अन्तर्गत महेन्द्र राजमार्ग छेउछाउको जमिन, टीकापुर खक्रौला सडकसंग जोडिएको जमिन, र बौनिया भजनी सडक संग जोडिएको जमिनहरुको मुल्यांकन बढेको र अन्य जमिनहरुको मुल्यांकन यथावत रहेको उनको भनाई छ ।