सार्कमा १५ लाख संक्रमित, ३५ हजारको मृत्यु

सार्कका ८ देशमा सबैभन्दा बढी १० लाख संक्रमित र २६ हजारको मृत्यु भारतमा र सबैभन्दा कम संक्रमित भुटानमा ८५ जना छन् तर कोरोनाबाट कसैको ज्यान गएको छैन

नेपालगन्ज : दक्षिण एशियाका ८ देशमा कोरोना संक्रमितको संख्या साढे १५ लाख नाघेको छ ।
विश्वभर कोरोना महामारीको रेकर्ड अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स डट इन्फोको शनिबार बिहान ९ बजेसम्मको रेकर्ड अनुसार विश्वभर एक करोड ४१ लाख ८९ हजार संक्रमित रहेकोमा दक्षिण एशियामा मात्र साढे १५ लाख भन्दा बढी संक्रमित छन् । सार्ककोे कूल संक्रमितको ६६.७७ प्रतिशत भारतमा मात्रै छन् । मृतकको हिस्सा भने भारतले ७४ प्रतिशत ओगटेको छ । सार्कमा साढे ३५ हजारको मृत्यु भएकोमा भारतमा मात्र २६ हजार बढी छन् । भारत दक्षिण एशियामा सबैभन्दा बढी कोरोना संक्रमित भएको देश हो भने विश्वमा कोरोना बढी हुने देशको तेस्रो स्थानमा भारत छ ।
सार्कमा कोरोनाबाट एक जनाको पनि ज्यान नगएको देश भुटान हो । जहाँ ८५ जना मात्र संक्रमित छन् । तीमध्ये ७८ जना त निको भएर घर फर्किसकेका छन् । ८ जना मात्र कोरोना छ ।