कोहलपुरका ८ सहित बाँकेमा थप १३ जनामा कोरोना

नेपालगन्ज : बाँकेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जका अनुसार बुधवार कोहलपुरमा ८ सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालको कोरोना प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५० जनाको नमूना परिक्षण गरिएकोमा १५ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य १३ जना बाँके र २ जना बर्दियाका रहेका छन । बुधवार संक्रमण पुष्टि भएका मध्य बाँकेको कोहलपुरका ८, नेपालगन्जका ३, बैजनाथ र राप्तीसोनारीका १/१ जना रहेका छन भने बर्दियाको मधुवन नगरपालिकाका दुईजनामा कोरोना पुष्टि भएको हो ।