बर्दियामा कर्मचारी, होटल व्यवसायी र सैलुन व्यवसायी गरी थप ५ जनामा कोराना

गुलरिया :बर्दियामा कर्मचारी, सैलुन व्यवसायी र होटल व्यवसायी गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार शनिबार बारबर्दिया नगरपालिका–३ घर भएका २५ बर्षीय सैलुन व्यवसायी, बाँसगढी १ स्थित २८ बर्षिय होटल व्यवसायी महिला र गुलरिया ६ का ३२ बर्षिय एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार संक्रमण पुष्टि भएका मध्य गुलरिया ५ का २७ बर्षिय महिला र बारबर्दिया ८ का क्वारेन्टिनमा बसेका २४ बर्षिय पुरुष समेत रहेका छन । बारबर्दियाका संक्रमित सैलुन व्यवसायीमा ज्वरो आउने, खोकी लाग्ने लगाएतका लक्षण समेत देखिएको प्रमुख गिरीको भनाई छ । नगरपालिकाको प्रत्यक वडाका बढी व्यक्तिहरुसंग सम्पर्कमा आउने ७७ जना व्यवसायीहरुको पीसीआर परिक्षण गर्दा २ जनामा संक्रमण भएको पाईएको हो ।