२ बैंक कर्मचारीसहित बाँकेमा १५ जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा दुई जना बैंक कर्मचारीसहित शनिबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार अनुसार माछापुच्छे्र बैंकका ३० वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा रिपोर्ट पोजेटिभ आएको हो भने कुमारी बैंकमा कार्यरत ३१ वर्षका पुरुषको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा कोरोना पुष्टि भएको हो । शनिबार नरैनापुरका २ महिला, जानकीमा एक जना पुरुषसहित १२ जना नेपालगन्जका हुन् ।
योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ९० पुगेको छ । आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २ सय ७९ छ । कोरोना निको हुने सात सय तीन र ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *