नेपालगन्जका २१ सहित बाँकेमा ३७ मा कोरोना
नेपालगन्ज : बाँके जिल्लामा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा नेपालगन्जका २१, राष्ट्रिय वाणिज्य बैंकका ५, प्रहरी ४, डुडुवा गाउँपालिकाका ४ सहित ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।