बाँकेमा १५ पुरुष र ५ महिलासहित २० डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा १५ पुरुष र ५ महिला गरी शुक्रबार २० जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल चिसापानी आइसोलेसन र गनापुरस्थित खुला कारागारबाट ६६ जना, खजुराको क्यान्सर अस्पताल र न्यू इन्द्रेणी होटलबाट ३३ जना र भेरी अस्पतालको आइसोलेसनबाट २ जना डिस्चार्ज भएका हुन् । जिल्लामा कूल एक हजार एक सय ३९ जना संक्रमित रहेकोमा कोरोना निको भएर ८०३ जना डिस्चार्ज भएका छन्् । आइसोलेसनमा उपचार गराइरहेकाहरु ३ सय ३० जना छन् । जिल्लामा कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *