कोरोनाबाट बर्दियामा वडा अध्यक्षको निधन, जिल्लामा २ दिनमा २ संक्रमितको मृत्यु
नेपालगन्ज : कोरोना भाइरस (कोभिड–१९) बाट बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा वडा अध्यक्षको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारमा रहेकै बेला बारबर्दिया–३ बनियाभार गाउँका ३९ वर्षका पुरुषको बुधबार बिहान १०ः३० बजे कोरोनाबाट मृत्यु भएको हो ।
मंगलबार दिउँसो ४ बजे पनि बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का ६४ वर्षका पुरुषको मृत्यु भएको थियो । बर्दिया जिल्लामा २ दिनको अवधिका दुई जनाको मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । बाँके जिल्लाका अस्पतालमा उपचारको क्रममा बाहिरी जिल्लाका ५ जनाको मृत्यु भइसकेको छ ।