बाँकेमा एकैदिन ७३ जना संक्रमित डिस्चार्ज हुँदै

नेपालगन्ज : बाँके जिल्लामा बुधबार एकैदिन ७३ जना कोरोना संक्रमित डिस्चार्ज हुँदैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ५४ पुरुष र १९ महिला डिस्चार्ज हुन लागेका हुन् । डिस्चार्ज हुनेमा उच्च अदालत नेपालगन्जका कर्मचारी, नेपाली सेनालगायतका रहेका छन् । योसँगै बाँके जिल्लामा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ३७ पुगेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या भने एक हजार ६ सय ७४ रहेका छन् । आइसोलेसनमा तीन सय २६ जना छन् भने कोरोनाबाट ११ जनाको ज्यान गइसकेको छ ।