नेपालगन्जकी ८५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीकी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा बिहीबार राति ९ बजे कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या र कोभिड १९ को संक्रमण थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।