समुदायलाई कोरोनाबाट जोगाउन स्वयंसेवकलाई हात धुने अभ्यास

शक्ति परियार । राजापुर
समुदायलाई कोरोनाबाट जोगाउन युवा स्वयं सेवकलाई हात धुने अभ्यास गराइएको छ ।
बर्दियाको राजापुरमा कमैया महिला जागरण समाज नेपालले ‘सफा हात, स्वस्थ जीवनको साथ’ भन्ने उद्देश्यका साथ युवा स्वयं सेवकलाई हात धुने अभ्यास गराएको हो । समुदायमा पूर्ण सरसफाई कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी कार्यक्रम अधिकृत जिरा बिकले बताइन् । कार्यक्रममा राजापुर नगरपालिकाका १० वटै वडाका युवा स्वयंसेवकको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *