बिष्णु पौडेल अर्थमन्त्री, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (मन्त्री बन्नेको सूचीसहित)

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्री पदमा पूर्णता दिँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्री नियुक्त र हेरफेर गरेकी हुन् ।
नेकपा महासचिव विष्णु पौडेल अर्थमन्त्री भएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसेर प्रधानमन्त्रीले आफूसँग राखेका छन् । पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । नयाँ सञ्चार तथा सूचना प्रविधि मन्त्री भने पार्वत गुरुङ बनेका छन् । उनले यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हालेका थिए । सो मन्त्रालयको जिम्मेवारी भने लीलानाथ श्रेष्ठलाई दिइएको छ । रिक्त रहेको सहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ मन्त्री बनेका छन् ।