कोरोनाबाट बाँकेमा २७औं व्यक्तिको मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा कोरोनाबाट २७औं व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बुधबार राति १० बजे जानकी गाउँपालिका ६ कोे प्रजातिपुरका ६५ वर्षका पुरुषको भेरी अस्प्तालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई स्वास प्रश्वास सम्बन्धी समस्या रहेको थियो ।