प्रेस संगठन युरोप शाखाको संयोजकमा राई

काठमाडौ । प्रेस संगठन नेपालको युरोप शाखा गठन भएको छ ।

शनिबार भएको भर्चुअल भेलाले बेल्जियमका केजिन राई (खिमसुहाङ चाम्लिङ) को संयोजकत्वमा शाखा गठन गरेको हो । शाखाको सहसंयोजकमा श्याम लुईँटेल (बेलायत) र सचिवमा दीपेन्द्र गजुरेल (स्पेन) रहेका छन् । त्यस्तै राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, नर्वे, रविचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरलाकुमारी कट्टेल (नर्वे), वीरमान घर्तीमगर (बेल्जियम), लीलामान शेरपुञ्जा (बेलायत) सदस्य छन् ।
भेलाले बिमला सेने (बेलायत), हेमकुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) लाई पनि सदस्यमा चयन गरेको छ । प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको प्रमुख आतिथ्य तथा सह–संयोजक गणेश बस्नेतको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो ।