कृषिको आधुनिकिरणकालागि तीनतहका सरकार बिच समन्वय आवश्यक
कृषिको आधुनिकिकरणका लागि तीन तहको सरकार विच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन । बाँकेको नेपालगन्जमा कृषि ज्ञान केन्द्र बाँकेद्धारा आयोजित स्थानीयतहसंग समन्वयात्मक गोष्ठिका सहभागिहरुले योजनातर्जुमा देखि नै समन्वय गरेर गएमा मात्र कृषिका योजना कार्यान्वयनमा सहज हुने बताएका हुन ।
गोष्ठिमा प्रमुअ अतिथि जिल्ला समन्वय समिति बर्दियाका संयोजक अजयकुमार श्रीवास्तवले कार्यक्रम प्रभावकारीताका लागि निरन्तर रुपमा स्थानीयतहको बीचमा समन्वय हुनुपर्ने बताए । पछिल्लो समय अन्तरसंरचना समन्वय नहुँदा एउटै कार्यक्रममा दोहोरोपनाको समस्या रहेको उनको भनाई थियो । स्थानीय सरकारले जिल्ला समन्वय समितिमा समन्वय नगर्ने गरेको बताउँदै उनले संघियता कार्यान्वयनको चौथो वर्षमा प्रवेस गरेपनि स्थानीयतहले प्रतिवेदन नपठाउने गरेको गुनासो गरे । ‘स्थानीयतहले जिसससंग समन्वय नै गर्दैनन’ उनले भने ‘यसले जिल्लामा बजेट भएपनि कार्यान्वयनमा विभिन्न समस्या देखिएको छ ।’
कार्यक्रममा डुुडुवा गाउँपालिकाका कृषि शखा प्रमुख सुशील शर्माले किसानले अनुदानका कार्यक्रम प्राप्त गर्न प्रशासनिक झन्झट ब्यर्होनु परेको बताए । किसानहरुलाई निवेदन, प्रस्तावना लेखन लगायत झन्झटीलो प्रकृयाले बास्तविक कृषकले यस्ता कार्यक्रमवाट लाभ पाउन नसकेकोले सरल र सहज बनाउनु पर्ने उनको भनाई थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत जीवनकुमार केसीले जिल्लाका स्थानीयतहविच तथ्यांक संकलन सम्वन्धी विविधता आउँदा फरक फरक तथ्याँक आएकोले एकरुपता बनाउने प्रयास गरिएको बताए । ज्ञान केन्द्र प्रमुख सागर ढकालले कार्यपत्र प्रस्तुत गर्दै प्रभावकारी संचारको सिद्धान्त अनुसार अन्तर संरचना समन्वय आवश्यक रहेकोले स्थानीयतहसंग निरन्तर रुपमा दोहोरो समन्वयको अपेक्षा गरे । कृषकको सहजताका लागि विगतमा भन्दा सहज बनाउने प्रयास गरिएको बताउँदै प्रमुख ढकालले माघदेखि कार्यालयमा हेल्पडेक्स संचालन गरी कृषकका सामान्य निवेदन लगायत आवश्यक प्रकृयामा सहजीकरण गरिने बताए ।