माछापुच्छ्रे बैंकद्वारा एकैदिन बाँकेका ४ ठाउँमा क्युआर कोड सेवा शुभारम्भ
नेपालगन्ज : माछापुच्छ्रे बैंकले एकैदिन बाँकेका चार स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ ।
माछापुच्छ्रे बैंकले बुधबार बाँकेमै पहिलो पटक एकैदिन चार ठाउँमा आयोजना गरेको औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक गोविन्दप्रसाद नागिलाले क्युआर कोड सेवा शुभारम्भ गरेका हुन् । बाँकेलाई स्मार्ट बनाउने उद्देश्यले बैंकले नेपालगञ्जको सनराइज यातायात, न्यूरोड नेपालगन्जको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरिएको हो ।
क्युआर कोड सेवा सुरु भएसँगै नेपालगन्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । सम्बन्धित बजारबाट दैनिक उपभोग्य बस्तु तरकारी, फलफूल तथा लत्ता कपडा किन्दा पनि क्युआर कोड बाट भुक्तानी गर्न सक्नेछन् । नगद बोकेर हिड्ने बाध्यता हट्ने माछापुच्छ्रे बंैकका नेपालगन्ज शाखा प्रबन्धक सुवास सुवेदीले बताए ।