बाँकेमा शुक्रबार विहान ६ बजे यता ५ को मृत्यु

नेपालगन्ज : बाँकेमा कोरोना कहर भयावय बन्दै गएको छ । समुदायमा संक्रमण फैलिएसंगै मृत्युदर पनि बढ्न थालेको छ । शुक्रबार बिहान ६ बजे यता मात्र बाँकेमा ५ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । नेपालगन्ज–१ का ६० वर्षिय महिलाको आज बिहान साढे ६ बजे मृत्यु भएको हो भने नेपालगन्ज–१० का४९ वर्षिय पुरुषको दिउँसो १२ः३० बजे मृत्यु भएको केन्द्रका फोकलपर्सन तेज बहादुर ओलीले जानकारी दिए । त्यस्तै बैजनाथ गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको होमआइसोलेसनमा मृत्यु भएको छ । गत १२ गते संक्रमण पुष्टि भएका उनी घरमा आइसोलेसन बसेका थिए । उनको आज दिउसो साढे १२ बजे मृत्यु भएको हो ।
त्यसैगरी कोरोना संक्रमणका कारण गुलरिया नगरपालिका–१ बर्दियाका ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । १५ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका उनको आज दिउसो साढे १ बजे मृत्यु भएको हो भने उनको मृत्यु भएको ५ मिनेटको फरकमा खजुरा–४ का ३६ बर्षिय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको केन्द्रले जनाएको छ ।