बर्दियामा बैशाख मसान्तसम्म निषेधाज्ञा

गुलरिया : कोरोना संक्रमण बढन थालेपछि बर्दियामा बैशाख मसान्त सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाको सिफारिस अनुसार बैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यसअघि बर्दियाका मुख्य मुख्य क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरी कडाई गरिएपनि २० गते देखि भने निषेधाज्ञा जारी गरिएको हो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समिति बर्दियाको निर्णय अनुसार कोभिड–१९ को साङ्लो तोड्न जिल्लाभरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । अत्यावश्यक सेवा बाहेकका व्यक्तिलाई हिडडुल र सवारीसाधन प्रयोगमा कडाइ गरिने जनाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना प्रकाशित गरी आदेशको अवज्ञा गर्ने व्यक्तिलाई संक्रामक रोग अन्तगर्त कार्वाही गरीने जनाएको छ ।
कोभिड–१९ संक्रमणको हिसाबले यस जिल्ला समेत अति प्रभावित जिल्लाहरुको सूचीमा रहेको र नयाँ भेरियन्ट सहितको संक्रमण फैलने दर तिब्र रुपमा बढीरहेकोले जिल्लाभरी निषेधाज्ञा गर्नुपरेको जिल्ला प्रशासनको प्रशासनको भनाई छ । हेर्नुहोस निषेधाज्ञामा के के गर्न पाईन्छ के के गर्न पाईदैन ।