नेपालगन्ज भन्सारको वार्षिक लक्ष्य जेठमै पूरा, लक्ष्यभन्दा १ अर्ब बढी असुली

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष सकिन एक महिना अगावै वार्षिक लक्ष्य भन्दा बढी राजश्व असुली गरेको छ ।
कार्यालयको यस वर्षको लक्ष्य १८ अर्ब भए पनि ११ महिनामै १९ अर्ब बढी राजश्व असुली गरि वार्षिक लक्ष्यभन्दा १ अर्ब बढी उठाउन सफल भएको हो ।
गत आर्थिक २०७६/०७७ मा लक्ष्यको ७६ प्रतिशत मात्रै राजश्व असुली गरेको कार्यालयले चालु आर्थिक वर्षमा भने जेठ मसान्तसम्म करिव १९ अर्ब अर्थात ११८ प्रतिशत राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । आर्थिक वर्षको सुरुदेखि नै लक्ष्यभन्दा बढी राजश्व असुली भएपछि भन्सार विभागले गत फागुनमा ३ अर्ब रुपैया बृद्धि गरी १८ अर्ब वार्षिक लक्ष्य तोकेको थियो । तर कार्यालयले जेठसम्म सो लक्ष्यसमेत सजिलै पूरा गरी लक्ष्यभन्दा १ अर्ब रुपैया बढी राजश्व संकलन गरिसकेको छ ।