खजुराका १८ किसानलाई सिँचाइका लागि मोटर वितरण

खजुरा : खजुरा गाउँपालिकाका १८ किसानलाई सिँचाइ सुविधाका लागि पानी तान्ने मोटर वितरण गरिएको छ ।
गाउँपालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत पालिकाको ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा मोटर प्रदान गरिएको हो । करिब १७ हजार लागत रहेको १ दशमलव ५ हर्ष पावरको मोटर २ इन्च पानी फाल्ने बताइएको छ । मोटर हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कृषि मार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले किसानलाई कृषि सामाग्री वितरण गर्दै आएको बताए । कार्यक्रममा उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्य भागीरथ सुनार, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दीलबहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, मन्जु खनाललगायतको उपस्थिति थियो ।