राप्ती नदी कटानले उठिबास (फोटो फिचर)

रमेशकुमार यादव । बालापुर
कटान रोक्न जालीढुंगाको अस्थायी बाँध बाँधिएको छ । त्यो बाँध अहिले नदीभित्र छ ।

बाँकेको डुडुवा गाउँपालिकामा पर्ने सिधनियाघाटस्थित राप्ती पुलको उतरी क्षेत्रमा कटान बर्सेनि बढ्दो छ । डुडुवा–५ का कम्दी , बालापुर, सिधानिया, हलकारापुरको झन्डै तीन हजार जनसंख्या एक दशकदेखिको नदी कटानको मारमा छ । डुडुवा ५ को जैसराम यादवका अनुसार सयौं विघा जग्गा नदीले कटान गरेको छ । कति परिवार जग्गाविहीन भएर उठिबास नै भएको छ । राप्ती नदीको पूर्वी किनार जस्तै स्थायी तटबन्धको व्यवस्था गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।