नेन्सीको नेतृत्वमा नेपालगन्जमा बालक्लब सन्जाल

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका स्तरीय बालक्लब सन्जालको अध्यक्षमा नेन्सी शाह निर्वाचित भएकी छन् ।
सञ्जालको बिहीबार नेपालगन्जमा सम्पन्न चौथो अधिवेशनले शाहको नेतृत्वमा सर्वसम्मत् रुपमा १९ सदस्यीय समिति चयन भएको हो । अध्यक्ष शाहले थप ४ जना सदस्य मनोनित गरिने मेरो खुसीलाई जानकारी दिइन् । सञ्जालको उपाध्यक्ष स्नेहा मगर, सचिव अस्मिता देवकोटा, सहसचिव प्रवेशराज पाण्डे र कोषाध्यक्ष रिनु गुप्ता चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सोनी भाट, अमृता सिहं ठकुरी, मधु कोरी, रेश्मा बानो, कृतिका न्यौपाने, सविताकुमारी पौडयाल, बुस्रा राई, सोनम बशंकार, सजल बर्नवाल, काजल सिहं ठकुरी, आनन्दकुमार बर्मा, महेन्द्र साहु, मनिष राय र नन्दकली रोकाय चयन भएका हुन् ।