शान्ति समाजद्वारा कुमाल र चौधरीलाई सम्मान
नेपालगन्ज : मानव अधिकार तथा शान्ति समाजले साहित्यकारद्वय बाँकेका विष्णुलाल कुमाल र कैलालीकी रविना चौधरीलाई सम्मान गरेको छ ।
समाजले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात चौधरीलाई प्रदान गरेको हो । नेपालगन्जका कुमालले साहित्य सिर्जनामार्फत मानवअधिकार, शान्तिको पक्षमा वकालत गरेको र धनगढीकी चौधरीले थारु भाषाको उत्थानमा मद्दत पु¥याएको भन्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोलाई केन्द्रीत गरेर २० हजार रुपैयाँ राशीसहित स्रष्टाहरुलाइ सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव साहित्यकार सनत रेग्मीले सम्मान गरेका थिए ।