कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण हुँदै

नेपालगन्ज : बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्न लागिएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले क्रिकेट एकेडेमीको आइतबार बिहान ९ बजे शिलन्यास गर्ने कार्यक्रम छ । तीन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुका साथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको छ । मन्त्रीका रुपमा पहिलो पटक पदभार ग्रहण गरेलगत्तै अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए । एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।