टीकापुर नगरपालिकाका ७ वडा साक्षर घोषणा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घोषणा गरिका छन् ।
टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबार सत्तीमा भएको एक कार्यक्रममा वडा नं. ६, ७, ८ र ९ लाई टीकापुरको बाघमारामा भएको कार्यक्रमबाट वडा नं. ३, ४ र ५ लाई साक्षर घोषणा गरिएको हो। मंसिर ३ गते शुक्रबार वडा नं. १ र २ लाई पनि साक्षर घोषणा गर्ने र ४ गते टीकापुर नगरपालिकालाई साक्षर घोषणा गर्ने कार्यक्रम रहेको टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले बताए । कार्यक्रममा साक्षरता घोषणा भएका वडाहरुलाइ प्रमाण पत्र समेत प्रदान गरिएको थियो । वडाहरु साक्षर घोषणा कार्यक्रम सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाको अध्यक्षता भएको थियो भने टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल प्रमुख अतिथि थिए । टीकापुर नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीको स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रममा नगर उप प्रमुख केशरी विष्ट रावल र प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरी, शिक्षक कपुरसिंह कडायत, चक्रपाणी भट्टराई, कर्णाली मावि सत्तीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराम ढुंगानालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *