डुडुवामा टी-२० क्रिकेट प्रतियोगिता सुरु

रमेशकुमार यादव । छग्रहवा
बाँकेको डुडुवा गाउँपालिकामा टी-२० कप क्रिकेट प्रतियोगिता जारी छ ।
गाउँपालिकाले छग्रहवा खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा पहिलो खेलमा डुडुवा ५ र दोस्रो खेलमा डुडुवा ३ विजयी भएका छन् । पहिलो खेलमा डुडुवा ५ ले वडा न १ लाई ५१ रनले विजयी भएको हो । दोस्रो खेलमा वडा न ३ ३ ले १२.१ ओभरमा ९८ रन बनाई ४ रनले विजयी भएको खेलका अम्पायर नादिम सैयादले जानकारी दिए । दोस्रो खेलमा मेराज खान उत्कृष्ट खेलाडी भएका थिए ।