प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका पाण्डे, बाँकेका जिसी बरिष्ठ उपाध्यक्ष चयन

प्याब्सन लुम्बिनी प्रदेश तेस्रो अधिवेशनमा  उद्घाटन मन्तव्य दिँदै लुम्बिनी प्रदेश वन मन्त्री सुरेन्द्र हमाल। फोटो : कृष्ण जिसीको फेसबुकबाट

नेपालगन्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश समितिमा रुपन्देहीका लालहरि पाण्डे अध्यक्ष निर्वाचित भएका छन् ।
बाँकेको कोहलपुरमा सोमबारसम्पन्न प्याब्सन लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले अध्यक्षमा पाण्डेसहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो । बाँकेबाट ऋषिकेश जिसी बरिष्ठ उपाध्यक्ष भएका छन् । उपाध्यक्षमा केशवराज सापकोटा र गोविन्दप्रसाद पौडेल, सचिव धनराज चपाई, कोषाध्यक्ष अमरराज सुवेदी, सहसचिव तेजनाथ पौडेल र सहकोषाध्यक्ष महेश भुर्तेल चयन भएका छन् । उपेन्द्र गुप्ता, राजेशकुमार गुप्ता, रामदेव यादव, वासुदेव रिजाल र शारदा ज्ञवाली चयन सदस्य निर्वाचित भएका छन् ।
प्याब्सन लुम्बिनी प्रदेश तेस्रो अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश वन मन्त्री सुरेन्द्र हमालले गरेका थिए । सो समारोहमा एमाले बर्दियाका अध्यक्ष एवं बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, प्याब्सन केन्द्रीय सह अध्यक्ष डिके ढुंगानालगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।