रोटरी क्लबद्वारा प्रहरी गण खजुरामा निःशुल्क आँखा शिविर आयोजना, १३१ लाभान्वित
खजुरा (बाँके) : रोटरी क्लब सेन्ट्रल बाँकेले लुम्बिनी प्रदेश प्रहरी गण खजुरामा आइतबार निःशुल्क आँखा जाँच शिविर गरेको छ । क्लबले भिजन आँखा अस्पताल नेपालगन्ज, भिजन कम्युनिटी सेन्टर र नेपालगञ्ज अप्टिकल्सको सहयोगमा आयोजना गरेको आँखा शिविरमा १३१ सुरक्षाकर्मी लाभान्वित भएका थिए ।
रोट्रयाक्ट क्लब अफ एमपी स्कुल तथा रोट्रयाक्ट क्लब अफ एमपी स्कुल सेन्ट्रल बाँकेले समेत कार्यक्रममा सहकार्य गरेका थिए।
भिजन आँखा अस्पताल र नेपालगञ्ज अप्टिकल्सका प्राविधिकहरू बिमलकुमार कार्की र सपना सिजापतिले प्राबिधिक सहयोग उपलब्ध गराएका थिए। कार्यक्रममा पहिचान भएका र थप उपचार आवश्यक परेका सुरक्षाकर्मीहरूलाई भिजन आँखा अस्पताल र नेपालगन्ज अप्टिकल्समा सहुलियतमा थप विशेषज्ञ उपचार सेवा उपलब्ध हुने नेपालगन्ज अप्टिकल्सका सञ्चालक समेत रहेका कार्यक्रम संयोजक विमलकुमार कार्कीले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि गण प्रमुख तथा प्रहरी उपरीक्षक मिलन केसीले जीवनमा आँखाको महत्व थाहा पाउन एकैछिन आँखा चिम्लिए मात्र हुने उल्लेख गर्दै जनताको सेवामा चौबिसै घण्टा खटिनुपर्ने प्रहरी कर्मचारीलाई कार्यालयमै आएर सेवा उपलब्ध गराएकोमा आयोजकलाई धन्यबाद दिनुभयो । उहाँले यस्ता कार्यक्रमलाई समुदायमा पुर्याउन सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै र निरन्तरता दिन अनुरोध गर्नुभयो। क्लबका पूर्व अध्यक्ष रोटरीयन सीए विश्वराम भण्डारीले रोटरीको मर्म नै ूआफूभन्दा माथि सेवाू रहेकोले यस किसिमका कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।











